रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटनाग्रस्त

रामेछाप,वैशाख ३० । रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटनामा परेको छ ।
रामेछाप नगरपालिका वडा नम्बर १ गोठगाउँ वडा कार्यालय मतदान केन्द्रको मतपेटिका ढुवानीमा प्रयोग भएको ट्रक शुक्रबार साँझ दुर्घटनामा परेको हो ।
दुर्घटनामा परेर केही कर्मचारी र सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । बा ७ ख ३५०४ नम्बरको ट्रक दुर्घटना हुँदा केही मतपेटिकाका मत यत्रतत्र छरिएको प्रहरीले जनाएको छ ।