दार्चुला अपिहिमाल-६ को वडाध्यक्षमा माओवादीका धामी विजयी
दार्चुला,वैशाख ३१ । अपिहिमाल गाउँपालिका-६ मा नेकपा माओवादी केन्द्रका उम्मेदवार धनसिंह धामीको प्यानल नै विजयी भएको छ । धामीले तीन सय ६५ मतसहित विजयी भएका हुन् ।
धामीका प्रतिद्वन्द्वी नेकपा एमालेका गामसिंह धामीले दुई सय ४८ मत ल्याएका छन् ।
गामसिंह अघिल्लो निर्वाचनमा वडाध्यक्षमा निर्वाचित भएका थिए ।

