गोरखाको शहिद लखनमा नेकपा एमालेको अग्रता
गोरखा,वैशाख ३१ । गोरखाको शहिद लखन गाउँपालिकामा चलिरहेको प्रारम्भिक मत गणनामा नेकपा एमालेले अग्रता लिएको छ । अहिलेसम्म गनिसकेको वडा नं. १ को ६ सय मतमा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष लगायत सबै पदमा एमालेले अग्रता लिएको हो ।
प्राप्त जानकारी अनुसार अध्यक्षमा नेकपा एमालेका मनोज कुमार जोशीले २६२, माओवादी केन्द्रका रमेशबाबु थापा थापा मगरले १७२, काँग्रेसका नारायण प्रसाद लामिछानेले १४२, मत पाएका छन्।
उपाध्यक्षमा नेकपा एमालेकै प्रेम गुरुङले २४२, माओवादी केन्द्रका इन्दिरा तिवारीले १६४, काँग्रेसका शर्मिला श्रेष्ठले १६३ मत पाएका छन्।
यस्तै वडाध्यक्षमा नेकपा एमालेकै लुना थापाले २४२, माओवादी केन्द्रका सन्जिप थापाले १६४, काँग्रेसका टोप बहादुर आलेले १५० मत पाएका छन्।

