नुवाकोटको लिखु गाउँपालिकामा मतगणना जारी, ध्रुव श्रेष्ठको अग्रता कायमै



नुवाकोट,वैशाख ३१ । लिखु गाउँपालिकामा मतगणना जारी रहेको छ । गाउँपालिकाको वडा नम्बर १ मा खसेको १७ सय ८२ मत गणना भैसकेको छ ।

गणनामा नेपाली काङ्ग्रेस लिखु गाउँपालिकाका ध्रुव श्रेष्ठको अग्रता निरन्तर अगाडि बढिरहेको छ । काङ्ग्रेसका नेता श्रेष्ठले ७ सय २९ प्राप्त गरिरहदा अध्यक्ष पद एमालेका उमेदवारले ४ सय ३५, माओवादी केन्द्रका १ सय २२, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्षले १ सय ५८ मत प्राप्त गरेका छन् ।

तथ्यांकलाई नियाल्दा थप भारी मतले ध्रुव श्रेष्ठ अगाडि बढ्ने निश्चित रहेको छ । पार्टीगत रुपमा दोहोरो मत र घाती मतले वडागत विवरण यसै भन्न नसकिने राजनीतिक कार्यकर्ताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्