पूर्वी चितवनमा पार्किङमा राखेको दुई बसमा आगलागी, बस जलेर नष्ट



चितवन,वैशाख ३१ । पूर्वी चितवनको खैरहनीमा दुई वटा बसमा आगलागी भएको छ । आज (शनिबार) दिउँसो ४:४५ बजे खैरहनी नगरपालिका १ स्थित ज्यामिरे मेट्रो पेट्रोलपम्प पछाडि पार्किङ गरी राखेको पेट्रोलपम्पको साहु झबनाथ पाठकको ना ५ ख ४०६२ र ना ५ ख ४०६४ नम्बरको बसमा आगलागी भएको हो ।

आगलागीबाट दुबै बस पूर्ण रुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । यस्तै आगलागीबाट सोहि स्थानमा पार्किङ गरि राखेको अन्य ना ५ ख ७४५ नम्बरको बसको झ्याल ढोकामा र बा ४ ख ३३७८ नम्बरको बसको पछाडिको भागमा सामान्य क्षती भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट कुनै मानविय क्षति भने हुन पाएन । ४:४५ बजे लागेको अगो नेपाल प्रहरी, नेपाली सेना र स्थानीयको प्रयासमा ५:१५ बजे पुर्णरुपमा नियन्त्रणमा आएको प्रहरीले जानकारी दिएको छ । आगलागीको कारण भने खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्