बेलकोटगढी अपडेट: गठबन्धन उमेदवार लामा ३ सय ६१ मतले अगाडि

नुवाकोट,जेठ १ । नुवाकोटको बेलकोटगढी नगरपालिकाको मतगणना जारी छ । वडा नं १ को मतगणना सकिएको छ भने २ र १३ को जारी छ ।
पछिल्लो परिणाम अनुसार बेलकोटगढीको मेयरमा गठबन्धनका उमेदवार जगत लामा ३ सय ६१ मत अन्तर सहित अग्रस्थानमा छन् ।
लामाको ९ सय ६२ मत रहेको छ । एमालेको उमेदवार राजेन्द्ररमण खनालको ६ सय २ मत रहेको छ । उपमेयरमा भने एमाले उमेदवारको अग्रता रहेको छ । एमाले उमेदवारको ७ सय ५८ मत र गठबन्धनका उमेदवार शिव दाहालको ६ सय २ मत रहेको छ ।