विजयको खुसीयाली मनाउँदा धनकुटाका एकजना वडा सदस्यको मृत्यु



धनकुटा,जेठ १ । चौविसे गाउँपालिका वडा नं. २ का नवनिर्वाचित वडा सदस्य सूर्य मगरको मृत्यु भएको छ ।

मतपरिणाम सार्वजनिक भएपछि खुसीयाली मनाउँदै गर्दै बेहोस भएका उनको मृत्यु भएको उनका आफन्त जनले बताएका छन् ।

शनिबार आएको मत परिणाम अनुसार चौविसे गाउँपालिका वडा नं. २ को वडा सदस्यमा नेकपा एमालेको तर्फबाट उम्मेदवार रही विजयी भएका थिए । 

प्रतिक्रिया दिनुहोस्