टोखाको झोरमा नेपाली काङ्ग्रेसका रमेश लामिछाने विजयी



काठमाडौं,जेठ १ । टोखा नगरपालिका वडा नम्बर १ का अध्यक्षमा नेपाली काङ्ग्रेसका रमेश लामिछाने विजयी भएका छन् ।

आइतबार बिहान सम्पन्न वडा नम्बर १ को मतगणना अनुसार लामिछानेले ७५३ मत प्राप्त गरी विजय भएका हुन् ।

लामिछानेको निकटतम प्रतिद्वन्दी माओवादीका सन्तोष दुलालले ६२२ मत र एमालेका अध्यक्ष पदका उमेदवार पञ्चलाल डङ्गोलले ६१० प्राप्त गरेका थिए । लामिछानेको विजयीसंगै झोरमा पार्टीका कार्यकर्ताहरुले विजयी जुलुस निकालेका छन ।

प्रतिक्रिया दिनुहोस्