नुवाकोट पञ्चकन्या मतगणना: वडा नम्बर ३ को २ सय मत गणना गर्दा यस्तो आयो परिणाम
नुवाकोट,जेठ १ । जिल्लाको पञ्चकन्यामा मतगणना जारी छ । पन्चकन्याको २ सय मत गणना गर्दा नेकपा माओवादी केन्द्रका अध्यक्ष तेजबहादुर तामाङको ८९ मत थपिएको छ ।
नयाँ अपडेट अनुसार उपाध्यक्षको ७० मत, वडा अध्यक्षको ३७ प्राप्त गरेको छ । त्यस्तै नेपाली काङ्ग्रेसका माधबप्रसाद खनालको ६० मत, उपाध्यक्ष पदकी सलिना केसीको ६६ मत र वडा अध्यक्षको १०२ मत हासिल गरेका छन् ।
२०० मत गणनाका क्रममा नेकपा एमालेको अध्यक्ष यमबहादुर थापाको वडा नम्बर ३ मा २२ मत प्राप्त गरेका छन् भने उपाध्यक्षको २६, वडाअध्यक्षको १२ मत प्राप्त गरेका छन् ।उता २ नम्बरको मतगणना भने एकैपटक सार्वजनिक गर्ने गरी गणना भैरहेको श्रोतले जनाएको छ ।

