नुवाकोट लिखु ३ को वडा अध्यक्षमा राम पुलामीमगरसहित काङ्ग्रेस प्यानल नै विजयी



नुवाकोट,जेठ १ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ३ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।

विजयी हुनेमा वडा अध्यक्षमा राम पुलामीमगर रहेका छन् । मगर नेपाली काङ्ग्रेस महासमिति सदस्य तथा युवा व्यवसायी समेत हुन । उनले ८७९ मत प्राप्त गरेका छन ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका सन्जिब बहादुर राईले ३९२ मत प्राप्त गरेका छन । माधव लामिछाने, रामराजा लामिछाने, चम्फा राजभण्डारी र उर्मिला सुनार विजयी भएका छन ।

प्रतिक्रिया दिनुहोस्