पञ्चकन्या मत गणना: ४ सय मत गणनामा नेपाली काङ्ग्रेसलाई १३० मत



नुवाकोट,जेठ १ । जिल्लास्थित पन्चकन्या गाउँपालिकाको मत गणना जारी छ ।

गाउँपालिकाको वडा नम्बर ३ को मत गणना जारी रहेको गाउँपालिकाका इन्जिनियर कपिल शाहले बताए ।

नयाँ मत परिणाम अनुसार ४ सय मत गणना गर्दा नेपाली काङ्ग्रेसका उम्मेदवार माधब प्रसाद खनालले १३० मत प्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्षले १३५, वडा अध्यक्षले १८९, महिला सदस्यले १ सय ५ मत प्राप्त गरेका छन् ।

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष तेजबहादुर तामाङले १६८ मत, उपाध्यक्षले १३१ मत हासिल गरेका छन् । एमाले अध्यक्ष यमबहादुर थापाले ४१ मत पाएका छन् । अध्यक्ष पदका राष्ट्रिय प्रजातन्त्र पार्टीले १३ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्