मकवानपुरमा पहिलो महिला वडाअध्यक्ष कमला निर्वाचित



मकवानपुर,जेठ २ । मकवानपुर जिल्लामा पहिलो पटक महिला वडाध्यक्ष नेपाली काँग्रेसकी कमलाकुमारी वाइवा बनेकी छन । स्थानीय तह सदस्यका लागि शुक्रबार भएको निर्वाचनमा बकैया गाउँपालिका वडा नं. १० मा नेकपा एमालेका कमलबहादुर घलानलाई फराकिलो मतान्तरले पराजित गर्दै ४० वर्षीय वाइवा वडाध्यक्षमा निर्वाचित भएकी हुन् ।

आइतबार सम्पन्न निर्वाचनको मत परिणामअनुसार सत्तारुढ गठबन्धनबाट उम्मेदवार बन्नुभएका वाइवाले ७८२ मत प्राप्त गरेकी छिन् । यस्तै एमालेका घलानले ४६४ मत प्राप्त गरे ।

दलित महिला सदस्यमा काँग्रेसका सुमित्रा कामी, महिला सदस्यमा नेकपा (माओवादी केन्द्र) का राजकुमारी भोम्जन, सदस्यहरुमा माओवादी केन्द्रका रामबहादुर गोले र काँग्रेसका तीर्थराज भोम्जन विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्