नुवाकोट शिवपुरी गाउँपालिकामा ३ नम्बर वडामा समेत माओवादी केन्द्र विजयी
नुवाकोट,जेठ २ । जिल्लाको शिवपुरी गाउँपालिका वडा नम्बर ३ मा समेत माओवादी केन्द्र विजयी भएको छ ।
शिवपुरी गाउँपालिका वडा नम्बर ३ मा माओवादी केन्द्रको प्यानल नै निर्वाचित भएको हो । यस अघि वडा नम्बर १ र २ वडामा समेत माओवादी केन्द्रको जीत भएको थियोे ।
३ नम्बर वडाअध्यक्षमा नाति तामाङ विजयी भएका हुन । नातीले ५५७ मत हासिल गरेका छन् त्यस्तै महिला सदस्यमा साबित्री रिजाल (५८१ मत), दलित महिला सदस्यमा साबित्री कामी (५६७ मत) र सदस्यहरुमा फूलमान तामाङ (५२७ मत) कृष्ण बहादुर तामाङ (५३० मत) प्राप्त गरेका छन् ।

