नुवाकोट पञ्चकन्यामा मतगणना जारी, वडा नम्बर ३ को पछिल्लो गणनामा माओवादी अगाडि



नुवाकोट,जेठ २ । पन्चकन्याको मत गणना जारी रहेको छ ।पछिल्लो मत गणना अनुसार माओवादी केन्द्रले बढी मत प्राप्त गरेको छ । नयाँ विवरण अनुसार वडा नम्बर ३ को ११८३ मत गणना गर्दा माओवादी केन्द्रले बढी मत प्राप्त गरेको हो ।

माओवादी केन्द्रलाई प्राप्त मतमा अध्यक्ष तेजबहादुर तामाङले ५७१ मत प्राप्त गरी अगाडि बढेका छन् । त्यस्तै उपाध्यक्ष पदमा ५१५ मत, तीन नम्बर वडा अध्यक्षमा ४५० मत प्राप्त गरेको छ ।

त्यस्तै नेपाली काङ्ग्रेसका गाउँपालिका उम्मेदवार माधब प्रसाद खनालले ३७१ मत, एमालेका पालिका अध्यक्ष यमबहादुर थापाले सो वडा १०० मत प्राप्त गरेका छन् ।राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्षले ४५ मत हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्