नुवाकोटको लिखु ५ मा नेपाली कांग्रेसको प्यानल नै विजयी

नुवाकोट,जेठ २ । जिल्लाको लिखु गाउँपालिका वडा नम्बर ५ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।
वडा अध्यक्षमा विश्व प्रसाद खतिवडा ४९२ मतसहित विजयी भएका छन । एमालेका रामकृष्ण श्रेष्ठले ३९२ मत प्राप्त गरी दोस्रो भए ।
सदस्यहरूमा कांग्रेसको दोलनारायण श्रेष्ठ, राजनबहादुर गोतामे, मिना राइ र कल्पना आचार्य (नगर्ची) विजयी भएका छन ।