नुवाकोट पञ्चकन्या मतगणना : पछिल्लो विवरणमा खनाल र तामाङलाई यस्तो छ जनमत



नुवाकोट,जेठ २ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा जारी मतगणनामा रस्साकसी सुरु भएको छ । गाउँपालिकाको अध्यक्षमा नेपाली काङ्ग्रेसका नेता माधब प्रसाद खनाल र पूर्व अध्यक्ष समेत रहेका माओवादी केन्द्रका तेजबहादुर तामाङ बीच रस्साकसी भएको हो ।

खनालको मतघर मानिएको वडा नम्बर २ मा पछिल्लो तथ्यांक सार्वजनिक भएको छैन । माओवादी केन्द्र्का तेजबहादुर तामाङको प्रभुत्व रहदै आएको पञ्चकन्या गाउँपालिकाका वडा नम्बर ३ र ४ मतगणना सम्पन्न भैसकेको छैन ।

वडा नम्बर ३ को मत विवरण अनुसार माओवादी केन्द्रका अध्यक्ष उमेदवार तेजबहादुर तामाङले ७१० मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काङ्ग्रेसका माधब खनालले ४५० मत पाएका छन् ।

उपाध्यक्ष पदमा भने माओवादी र काङ्ग्रेसका उम्मेदवारको झण्डै २ सय मतान्तर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्