नुवाकोट पञ्चकन्या मतगणना अपडेट: खनाल १५३८, तामाङ ७४९

नुवाकोट,जेठ २ । पन्चकन्याको मत गणनाको नयाँ अपडेट प्राप्त भएको छ । वडा नम्बर २ को मतगणना पछि झण्डै ८ सय बढी मतान्तर देखिएको हो।
पछिल्लो मत विवरण अनुसार नेकपा माओवादी केन्द्रको ७४९ मत अध्यक्षलाई र ६७७ उपाध्यक्षलाई मतदान प्राप्त भएको हो ।
त्यस्तै नेपाली काङ्ग्रेसका प्रमुख माधबप्रसाद खनालले १५ सय ३८ र उपाध्यक्ष पदलाई १४२७ प्राप्त भएको पछिल्लो विवरणमा प्राप्त भएको छ।
मत मतान्तर भएपनि माओवादी केन्द्रका नेताकार्यकर्ताले भने चुनाव आफुहरुले जित्ने बताउदै आएका छन् । खनालले आफ्नो वर्चस्व रहेको वडा नम्बर २ बाट ज्यादा मत प्राप्त गरेपनि आफुहरुले वडा नम्बर ३, ४ र ५ बाट ज्यादा मत ल्याउने दावी गर्दै आएका छन् ।