नुवाकोट पञ्चकन्या मतगणना अपडेट: खनाल २५७४, तामाङ २११८

नुवाकोट, जेठ २ । जिल्लाको पञ्चकन्या गाउँपालिकामा हाल मतगणना भैरहेको छ । वडा नम्बर १ बाट गरिएको गणना हाल वडा नम्बर ३ मा पुगेको छ । वडा नम्बर ३ को अन्तिम गणना भैरहेको निर्वाचन आयोगले जनाएको छ ।
प्राप्त मतगणना अनुसार नेपाली काङ्ग्रेस अध्यक्ष पदमा उम्मेदवार माधबप्रसाद खनाल अगाडि बढेका छन् । १ नम्बर वडादेखी ३ सम्म कुल ५ हजार ८ सय ६३ मत गणना भैसकेको छ ।
नेपाली काङ्ग्रेसका खनालले हालसम्म २५ सय ७४ मत हासिल गरेका छन् भने अर्का अध्यक्ष उम्मेदवार माओवादी केन्द्रका तेजबहादुर तामाङले २१ सय १८ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रको बाकी वडा ४ राम्रो मानिएको छ भने काङ्ग्रेसको वडा नम्बर ५ मा धेरै राम्रो नतिजा आउने अपेक्षा सम्बद्ध पार्टी कार्यकर्ताले राख्दै आएको बताइन्छ ।