मंगलबारदेखि संघीय संसदको बजेट अधिवेशन

काठमाडौं,जेठ २ । मंगलबार (जेठ ३ गते) देखि संसदमा बजेट छलफल सुरु हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दिउँसो ४ बजे संसद अधिवेशन आह्वान गरेपछि बजेट छलफल हुने भएको हो ।
संवैधानिक व्यवस्थाअनुसार जेठ १५ मा अर्थमन्त्रीले आगामी वर्षका लागि संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्छ । त्यसका लागि सरकारले अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गरेको थियो । गत वर्ष भने सरकारले अध्यादेशमार्फत बजेट ल्याएको थियो ।
सोमबार संसद भवन अवलोकनका लागि नयाँ बानेश्वर पुगेका सभामुख सापकोटाले अधिवेशनलाई सौहार्दपूर्ण ढंगले सञ्चालन गर्न राजनीतिक दलहरुलाई अनुरोध गरेका छन् ।
