भरतपुर महानगरको मतगणना रोकियो



चितवन,जेठ २ । भरतपुर महानगरको मतगणना रोकिएको छ। भरतपुर महानगरपालिकामा ४ नम्बर वडाको मतगणना भइरहेको बेला एमालेको मत संकेत गरिएको मतपत्रमा स्वस्तिक छाप नदेखिएपछि विवाद उत्पन्न हुँदा मतगणना रोकिएको छ ।

एमालेको मत संकेत गरिएको ठाउँमा मधुरो स्वस्तिक छापको घेरालाई निर्वाचन अधिकृतले बदर गर्दा विवाद बढेपछि मतगणना रोकिएको हो ।

निर्वाचन अधिकृतले एमालेको चिन्हमा मत संकेत गरिएको स्वस्तिक छापको घेरामात्रै देखिएको बदर गरेपछि एमालेका प्रतिनिधिले विरोध जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्