कीर्तिपुरको नगर प्रमुखमा कांग्रेसका नकर्मी र उपप्रमुखमा शाक्य विजयी



कीर्तिपुर,जेठ ३ । कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर निर्वाचित भएका छन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत प्राप्त गरेका काठमाडौं जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले जानकारी दिए ।

यसैगरी उपप्रमुख पदमा जनता समाजवादी पार्टीकी शुभलक्ष्मी शाक्यले आठ हजार ६६५ मत प्राप्त गरी विजयी भएकी छन् ।

उनको निकटतम प्रतिद्वन्द्वी एमालेकी बिन्दु महर्जनले सात हजार २०६ मत प्राप्त गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्