मकवानपुरका इन्द्रसरोवर र भीमफेदीमा एमाले विजयी



बागमती,जेठ ३ । स्थानीय तहको निर्वाचनअन्तर्गत मकवानपुरका दशओटा स्थानीय तहमध्ये दुईओटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजानिक मत परिणाम अनुसार उत्तरी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको अध्यक्ष तथा उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार तथा भीमफेदी गाउँपालिकाको अध्यक्षमा एमाले र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।

इन्द्रसरोवरको अध्यक्षमा एमालेका देवकृष्ण पुडासैनी र उपाध्यक्षमा उमाकुमारी लामा विजयी भएको निर्वाचन कार्यालयले बताएको छ । पुडासैनीले तीन हजार ७२२ मत र लामाले तीन हजार ७२५ मत प्राप्त गरेका थिए भने प्रमुखमा कांग्रेसका विश्व लामाले तीन हजार ४७२ मत प्राप्त गरेका थिए ।

यस गाउँपालिकाका पाँच वडामध्ये कांग्रेस तीन वडामा विजयी भएको छ भने एमाले दुईओटा वडामा मात्र जित हात पार्न सफल भयो ।

प्रतिक्रिया दिनुहोस्