काठमाडौं महानगर : मेयरमा वालेनको अग्रता कायमै

काठमाडौं,जेठ ३ । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार वालेन्द्र साह (वालेन)ले भारी मतान्तरका साथ अग्रतालाई निरन्तरता दिएका छन् । वालेनले आफ्नो प्रतिस्पर्धी नेकपा (एमाले)का केशव स्थापित भन्दा ५,०८५ बढी मत ल्याएर अग्रतालाई निरन्तरता दिएका हुन् ।
ताजा मत परिणाम अनुसार वालेनले हालसम्म ११,३४३ मत प्राप्त गरेका छन्, भने केशव स्थापितले ६,२५८ मत प्राप्त गरेका छन् । त्यस्तै मेयरका उम्मेदवार नेपाली कांग्रेसकी सिर्जना श्रेष्ठले ५,४०८ मत प्राप्त गरेकी छन् ।
यता महानगरको उप–मेयरमा भने नेकपा (एमाले)की सुनिता ढंगोलले अग्रता कायम राखेकी छन् । उनले हालसम्म ९,४१९ मत प्राप्त गरेकी छन्, भने उनका प्रतिस्पर्धी नेकपा (एस)का रामेश्वर श्रेष्ठले २,५७५ मत र राप्रपाकी विनिता मगैयाले १,७०९ मत प्राप्त गरेकी छन् ।