बालेन्द्रको अग्रता कायमै



काठमाडौं,जेठ ५ । काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन् ।   

केही समय अघि प्राप्त मत परिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाहले नौ हजार ५६३ मतान्तरका साथ आफ्नो अग्रता कायम राखेका हुन।

उनले २० हजार २०१ मत प्राप्त गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केशव स्थापितले १० हजार ६३८ तथा नेपाली काँग्रेसकी सिर्जना सिंहले नौ हजार ८७७ मत प्राप्त गर्नुभएको काठमाडौँका सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पौड्यालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्