रामेछापको खाँडादेवी गाउँपालिका प्रमुख -उप प्रमुखमा एमाले विजयी



रामेछाप,जेठ ६ । रामेछाको खाँडादेवी गाउँपालिका एमालेले पुःन कब्जामा लिएको छ । यससंगै त्यहाँ नेकपा एमालेका उम्मेद्वार ज्ञानकुमार श्रेष्ठ पालिका अध्यक्ष र रमा घिसिङ् बिजयी भएका हुन् ।

गत निर्वाचनमा पनि त्यहाँ एमालेका उम्मेद्वार बिजयी भएका थिए । त्यहाँ एमालेले गठबन्धनका उम्मेद्वारलाई पराजित गर्दै बिजयी भएको हो । पालिका प्रमुखमा बिजयी श्रेष्ठले ७ हजार ३ सय ५९ मत पाएका छन् भने उनका निकट तम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेद्वार नवराज थोकरले ४ हजार ९ मत पाएका छन् । फराकिलो जित निकालेका श्रेष्ठ एमालेका प्रदेश कमिटी सदस्य हुन् । पराजित कांग्रेसका उम्मेद्वार जिल्ला पार्टी उपसभापति हुन् ।  त्यस्तै उपाध्यक्षमा निर्वाचित घिसिङ्ले ७ हजार ४ सय ५८ मत पाएकी छिन् भने उनका प्रतिद्वन्द्वी माओवादीका मानवहादुर लामाले ४ हजार एक सय ११ मत पाएका छन् ।

सुरुवातदेखिनै अग्रता लिएको नेकपा एमालेले पालिकामा आफ्नो दोस्रो जित निकालेको हो ।  पालिकामा नेपाली कांग्रेस र माओवादी केन्द्रबीच तालमेल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्