गुडिरहेको बसमा रुख ढल्यो, ५ जना घाइते
काठमाडौं,जेठ ६ । कैलालीमा गुडिरहेको बसमाथि रुख ढलेको छ । शुक्रबार साँझ आएको हावाहुरीको कारण गुडिरहेको बसमा रुख ढल्दा ५ जना घाइते भएका छन् ।
कैलालीको लम्कीचुवा-८ गप्का भन्ने ठाउँमा असनाको रुख ढल्दा से १ ख १८०६ नम्बरको बसमा क्षती भएको हो ।
घाइतेहरुको कैलालीको लालरत्न अस्पतालमा उपचार भइरहेको छ ।
साँझ आएको हावाहुरीसहितको पानीले देशका विभिन्न स्थानमा क्षती भएका विवरणहरु आइरहेका छन् ।

