रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गयो



भरतपुर,जेठ ६ । हावाहुरीले रुख ढल्दा च्यापिएर ३ जनाको घटनास्थलमै ज्यान गएको छ ।

भरतपुर–११ को भोजाडमा अटोमा सवार २ जना र बसेनीमा म्याजिकमा सवार १ जनाको च्यापिएर ज्यान गएको छ ।

राती वर्षा सहित आएको हावाहुरीले अटो र म्याजिकमाथि रुख ढल्दा सो दुर्घटना भएको हो । चितवन प्रहरी प्रवक्ता नरहरि अधिकारीले मृतकको पहिचान हुन नसेकेको बताए ।

प्रतिक्रिया दिनुहोस्