छत्रकोट गाउँपालिकाको पहिलो निर्णय: २ वटा एम्बुलेन्स किन्ने



गुल्मी,जेठ ७ ।गुल्मी जिल्लाको छत्रकोट गाउँपालिकामा नवनिर्वाचित गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले २ वटा एम्बुलेन्स किन्ने निर्णय गरेका छन् । शुक्रवार गाउँपालिकामा पदभारग्रहरण गर्दै पाण्डेयले छत्रकोट गाउँपालिकाको श्रृङ्गा प्राथमिक स्वास्थ्य केन्द्रमा र खज्र्याङ्गस्वास्थ्य चौकीमा एम्बुलेन्स रहने गरि २ वटा खरिद गर्ने निर्णय गरेका हुन् ।

एम्बुलेन्स खरिद गर्न आर्थिक वर्ष ०७८÷०७९ खर्च नहुने बजेट शिर्षकबाट आवश्यक रकम विनियोजन गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । त्यस्तै गाउँपालिकाको वडानम्बर– ६ दौघामा खानेपानी समस्या समाधानको लागी पानी तान्ने पम्प खरिद गर्ने निर्ण पनि गरेको छ ।

जसका लागि आर्थिक वर्ष ०७८÷०७९ खर्च नहुने बजेट शिर्षकबाट ३ लाख रकम विनियोजन गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा सर्वसाधारण जनताको सहजताको लागी गाउँपालिकाको  हेल्प डेक्स स्थापना गर्ने निर्णय गरेको अध्यक्ष पाण्डेले बताए । गाउँपालिका अध्यक्ष पाण्डेले आफनो पालिका भित्र एम्बुलेन्स नभएसम्म सरकारी सुबिधाको गाडी प्रयोग नगर्ने बताएका थिए । उनले पालिका भित्र स्वास्थ्य उपचारको लागि एम्बुलेन्स नपाउने वातावरणको अत्यका लागि यस्तो निर्णय गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्