बालिका करणी अभियोगमा म्यादी प्रहरी पक्राउ



झापा,जेठ ७ । झापाको गौरीगञ्जमा एकजना म्यादी प्रहरी पक्राउ परेका छन् । एक १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक वसन्त पाठकले जानकारी दिए ।

पाठकका अनुसार पक्राउ पर्नेमा उदयपुरको ताप्ली गाउँपालिका ५ का ३० वर्षीय कमलप्रसाद पोख्रेल छन् । ५ वर्ष अघि २०७४ साल जेठ ३ गते उदयपुरको ताप्लीमा रहेको गहते जंगलमा लगेर बालिकालाई बलात्कार गरेको आरोपमा पोख्रेल पक्राउ परेका हुन् । बालिका बेहोस भएपछि उनी फरार थिए ।

फरार रहेका पोख्रेललाई प्रहरीले खोजिरहेको भए पनि भेट्न सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्