काठमाडौँ महानगरको वडा नं ६ मा काँग्रेसको प्यानल नै निर्वाचित



काठमाडौं,जेठ ७ । काठमाडौँ महानगरको मत परिणाम आउने क्रम जारी छ । यसै क्रममा महानगरको वडा नम्बर ६ मा नेपाली काँग्रेसबाट वडाध्यक्ष भुवन लामाको प्यानल नै विजयी भएको छ ।

शुक्रवार सार्वजनिक मत परिणामअनुसार काँग्रेसबाट वडा नं ६ को वडाध्यक्ष लामाले ३८७६ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी वसन्त लामाले २७३२ मत प्राप्त गरे ।निर्वाचित लामाले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका वसन्त लामालाई ११ सय ४४ मत अन्तरले पराजित गरेका हुन् ।

त्यसै गरी सोही पदमा उम्मेदवार रहेकी नेकपा एकीकृत समाजवादीकी लक्ष्मी श्रेष्ठले मात्र ५५ मत ल्याएकी थिइन् भने राप्रपाका ज्ञानेन्द्र लामाले ४२७ र लौरो चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका कृष्ण प्रसाद रिमालले २३९ मत प्राप्त गरे ।

त्यस्तै सदस्यहरूमा नेपाली काँग्रेसका नरेन्द्रकुमार थापा भगवानदेव सुन्दर बज्राचार्य, गायत्री पुडासैनी र मिना सुनार निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्