नुवाकोट तादीका वडा अध्यक्ष भण्डारीले तलबभत्ता सबै वडा विकासका लागि खर्चिने घोषणा



नुवाकोट,जेठ ७ । जिल्लाको तादी गाँउपालिका वडा नम्बर ५ का नवनिर्वाचित वडा अध्यक्ष सरोज भण्डारीले आफुले पाउने तलबभत्ता सामाजिक कार्यमा लगाउने घोषणा गरेका छन् ।

बैशाख ३० गते सम्पन्न स्थानिय तहको निर्बाचनबाट निर्वाचित भएसँगै पदभार ग्रहण कार्यक्रममा भण्डारीले आफुले पाउने सबै तलबभत्ता बापतको रकम सामाजिक कार्यमा लगाउने घोषणा गरेका हुन् । जनप्रतिनिधि भएर नागरिकहरुको सेवामा तल्लिन रहे बापत राज्यले दिने तलब, बैठकभत्ता, यातायत सुबिधा बापतको रकम वडावासीहरुको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा खर्च गर्ने घोषणा गरेका हुन ।

वडामा रहेका सबै दलहरु र जनप्रतिनिधिको सल्लाह र सुझाबको आधारमा आफुले पाउने रकम वडावासीहरुकै हितमा प्रयोग गर्ने बताएका छन् । आफु जनप्रतिनिधि भएर नागरिकहरुको सेवा गर्नको लागी आएको बताउदै उनले राज्यबाट दिने कुनै पनी सेवा सुबिधा आफुले नलिने प्रतिबद्धता जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्