सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गर्ने कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डे पक्राउ



काठमाडौँ,जेठ ७ । आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले शनिबार दिउँसो काठमाडौंबाट पक्राउ गरेको स्रोतले जानकारी दियो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले शनिबार बिहानैदेखि उनलाई निगरानीमा राखेको थियो ।

उनी मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक हुन् । उनले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस्