बसको ठक्करबाट नुवाकोट पञ्चकन्याका युवाको काठमाडौंमा मृत्यु



काठमाडौं,जेठ ८ । काठमाडौं महानगरपालिका १६ अन्तर्गत वनस्थली चोक नजिकै सवारी दुर्घटना भएको छ ।

सो सडकखण्डको शनिबार दिउँसो करिब ३ बजेतिर बसले स्कुटरलाई ठक्कर दिँदा नुवाकोट पञ्चकन्याका एक युवाको ज्यान गएको हो ।

ज्यान गुमाउनेमा नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नम्बर ४ स्थायी बस्ने वर्ष २० राज दोङ रहेका छन् । बा ४ ख ५७३९ नम्बरको बसले सोही दिशातर्फ गुडिरहेको बा ५७ प ३४४४ नम्बरको स्कुटीलाई ठक्कर दिँदा त्यसमा सवार युवक सख्त घाइते भएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्