काठमाडौंमा बालेनको अग्रता कायमै, स्थापितभन्दा १८ हजार मतले अगाडि

काठमाडौं,जेठ ८ । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) ले आफ्नो फराकिलो अग्रता कायमै राखेका छन् । उनले निकटतम प्रतिद्वन्द्वीभन्दा १७ हजार ५२८ मतान्तरको अग्रता कायमै राखेका हुन् ।
१ लाख ९ हजार ५३७ मतगणना हुँदा बालेनले ३९ हजार ६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी गठबन्धनको तर्फबाट मेयर प्रत्यासी रहेकी नेपाली कांग्रेसकी सिर्जना सिंहले २२ हजार ७२ मत पाएकी छन् ।
तेस्रो स्थानमा रहेका नेकपा एमालेका उमेदवार केशव स्थापितले २१ हजार ५७१ मत प्राप्त गरेका छन् । उनी शाहभन्दा १८ हजार २९ र सिंहभन्दा ५०१ मतले पछाडि छन् ।