नुवाकोट निर्वाचन : वडाध्यक्षमा दुई महिला निर्वाचित

नुवाकोट,जेठ ८ । जिल्लाको ८८ वडामध्ये दुई वडामा महिला उम्मेदवार निर्वाचित भएका छन् । दुई नगरपालिका र दश गाउँपालिका सहित १२ स्थानिय तह रहेको नुवाकोटको बेलकोटगढी नगरपालिका–३ मा माओवादी केन्द्रकी कौशिला पुडासैनी निर्वाचित भएकी हुन् ।
यसअघि सोही वडाको वडासदस्यमा निर्वाचित उनले यस पटकको निर्वाचनमा वडाध्यक्षमा मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेस र नेकपा (एमाले)का पुरुष उम्मेदवारलाई पारजित गर्दैचुनावमा जीत हासिल गर्दै आफ्नो यात्रा तय गरेकी हुन।
बेलकोटगढीकै वडा नं ६ मा पुनःदोस्रो कार्यकालका लागि नेकपा (एमाले) का उम्मेदवार अम्बिका तामाङ पनि निर्वाचित भइन । यसअघिको चुनावमा पनि वडाध्यक्षमा निर्वाचित तामाङले यसपटकको चुनावमा पनि मुख्य प्रतिस्पर्धी माओवादी केन्द्र र नेपाली कांग्रेसका पुरुष उम्मेदवारलाई पराजित गर्दै विजयी भएकी हुन् ।