काठमाडौं २५ मा पनि कांग्रेसको प्यानलै विजयी, मेयरमा बालेन साहको फराकिलो अग्रता कायमै



काठमाडौं,जेठ ९ । काठमाडौं महानगरपालिका वडा नं. २५ मा पनि नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ ।

अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार राजेश डंगोल निर्वाचित निर्वाचित भएका छन् । डंगोलले ९१३ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी नेकपा एकीकृत समाजवादीका बाबुराजा महर्जनले ८०१ मत प्राप्त गरेका छन् ।

मेयरमा भने स्वतन्त्र उम्मेदवार बालेन साहको अग्रता झन झन बढ्दै गएको छ । १ लाख १२ हजार भन्दा बढी मतगणना हुँदा साहले ४१ हजार भन्दा बढी मत प्राप्त गरेका छन् । उनी निकटतम प्रतिस्पर्धीभन्दा १८ हजार मतान्तरले अघि छन् । 

प्रतिक्रिया दिनुहोस्