टोखा नगर वडा नम्बर १ झोरका जनप्रतिनिधिद्वारा पदभार ग्रहण
काठमाडौं, जेठ ९ । टोखा नगरपालिका वडा नम्बर १ झोरका जनप्रतिनिधिले पदभार ग्रहण गरेका छन् ।
हालै निर्वाचित वडाका १ का अध्यक्ष रमेश लामिछानेसहितको टोलीले पदभार ग्रहण गरेका हुन् ।
अध्यक्ष रमेश कुमार लामिछानेको टोलीमा महिला सदस्य- सुनिता अधिकारी काफ्ले, खुल्ला पुरुष- राजकुमार बिडारी, खुल्ला – पुरुष – बिजय तामाङ रहेका छन् ।
सो टोलीमा नेकपा एमाले को तर्फबाट उम्मेदवार बिजयी दलित महिला सदस्य- सुनिता श्रेष्ठ परियारको समेत उपस्थिति रहेको छ। पदभार ग्रहण गर्दै अध्यक्ष पदका लामिछानेले जनताको हित हुने काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सो कार्यक्रममा टोखा नगरपालिका वडा नम्बर १ का पूर्व अध्यक्ष श्रीकृष्ण अधिकारी, नेपाली काङ्ग्रेसका युवा नेता सुमन धिताललगायतको उपस्थिति थियोे ।

