स्विमिङ पुलमा डुबेर भारतीय नागरिकको ज्यान गयो

महेन्द्रनगर,जेठ १० । कञ्चनपुरको भीमदत्त नगरपालिका स्थीत एक होटलको स्विमिङ पुलमा डुबेर भारतीय नगरिकको मृत्यु भएको छ । महेन्द्रनगरको होटल ओपेराको स्विमिङ पुलमा डुबेर भारतीय नागरिकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
प्रहरीका अनुसार मंगलवार दिउँसो गर्मी छल्न स्विमिङ पुलमा नुहाउने क्रममा भारतको उत्तरप्रदेश स्थित रामपुरका ३८ वर्षीय फैज अहमदको मृत्यु भएको छ । पौडी खेल्न नजान्ने उनी पुलमा डुबेपछि होटलका कर्मचारीले उद्दार गरी महाकाली अस्पताल पुगाएका थिए ।
अस्पताल पुगाइएपछि चिकित्सकले अहमदलाई मृत घोषणा गरेका थिए । मृतकको शव पोष्टमार्टमका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको छ ।