सरुमारानीले ब्याकहो लोडर, एम्बुलेन्स र स्कुलवस खरिद गर्ने



प्युठान,जेठ १० । जिल्लाको सरुमारानी गाउँपालिकाले ब्याकहो लोडर , एम्बुलेन्स र स्कुलबस किन्ने भएको छ। गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष झग वहादुर विश्वकर्माले मंगलबार पदभार ग्रहण गर्दै सरुमारानी -४ स्थित जनता माद्यमिक बिद्यालयलाई स्कुल बस र वडा नंवर ६ मा एम्बुलेन्स खरिद गर्ने निर्णय गरेका छन।

त्यस्तै, उनले पालिका क्षेत्रभित्रका सडक निर्माण, विस्तार, स्तरवृद्धि र अन्य पूर्वाधारको कामका लागि आफ्नै ब्याकहो लोडर  खरिद गर्ने निर्णय गरेका हुन ।

उनले २० युनिटसम्मको विद्युत् महसुल र लिफ्ट तथा सिचाई योजनाहरु संचालन गर्दा खपत हुने महसुलमा ५० प्रतिशत रकम गाउँपालिकाले भुक्तानी गरिदिने निर्णय समेत गरेका छन । त्यसैगरी, खरको छानो लगाउन बांकी  घरपरिवारलाई जस्तापाता उपलब्ध गराउने पनि विश्वकर्माले निर्णय गरेका छन।

प्रतिक्रिया दिनुहोस्