नुवाकोटमा बस र टिप्पर ठोक्किँयो

नुवाकोट,जेठ ११ । जिल्लामा बस र टिप्पर एकाआपसमा ठोक्किँएर दुर्घटनामा परेको छ । सो दुर्घटनामा केहि यात्रु घाइते भएका छन् ।
रसुवाबाट काठमाडौंका लागि छुटेको बा ४ ख २२५९ नम्बरको यात्रुबाहाक बस देविघाटबाट गल्छितर्फ जादै गरेको बा ४ ख ७७६२ नम्बरको टिफर एक आपसमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
त्यस्तै दुर्घटनामा नियन्त्रण गुमाई मोटरसाइकल समेत सो बसमा ठोक्किएर थप दुर्घटनामा परेको छ । दुर्घटना लगत्तै अनियन्त्रित भइ बा ३७ प १०२८ नम्बरको मोटरसाइकल बसमा ठोक्किएर दुर्घटनामा परेको को प्रत्यक्षदर्शीले बताएका छन् ।
सो दुर्घटनामा बसका चालकसहित ५ जना घाइते भएका छन् । सामान्य घाइते ३ जनाको डिस्चार्ज भैसकेको र बाकी २ जनाको नुवाकोटस्थित त्रिशुली अस्पतालमा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटका डिएसपी रुपक खड्काले बताए ।