एम्बुलेन्सको ठक्करबाट सिन्धुपाल्चोकमा एक बृद्धाको ज्यान गयो
सिन्धुपाल्चोक, जेठ १२ । जिल्लामा एम्वुलेन्सको ठक्करबाट एक वृद्धाको ज्यान गएको छ ।
बुधबार राती ९ः२५ बजे बिरामी पुर्याएर फर्केको एम्बुलेन्स अनियिन्त्रत भई दुर्घटना हुदाँ घरभित्र सुतिरहेकी ८९ बर्षीया मनमाया खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय चौताराका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले खाडीचौर बचत तथा ऋण सहकारी संस्था लिमिटेड, बलेफी गाउँपालिका–७ बाट संचालित बा २० च ६३२७ नम्बरको एम्बुलेन्स अनियिन्त्रत भई सुनकोशी गाउँपालिका–७ दुई किलोकी खड्कालाई ठक्कर दिएको थियो ।

