कर्णाली बस दुर्घटना हुँदा चारको मृत्यु ३९ जना घाइते
दैलेख,जेठ १२ । मुगुबाट नेपालगञ्जतर्फ जाँदै गरेको म१ख ६६० नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठवीस नगरपालिका वडा नं. २ को सिस्नेमा भएको दूर्घटना भएको छ । दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै र एकजनाको राती उपचारका क्रममा मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वरप्रसाद साहले दुर्घटनामा परी मृत्यु हुनेहरुमा दैलेखको दुल्लु नगरपालिका वार्ड नम्बर २ का प्रेम सुनार, काशिराम पाण्डे, कालिकोटको पलाता गाउँपालिका– ३ का ज्ञानबहादुर वम र धनकला शाही रहेको जानकारी दिनुभयो ।
दुर्घटनामा ३९ जना घाईते भएको प्रहरीले जनाएको छ । घाईतेहरुको प्रदेश अस्पताल सुर्खेतमा उपचार भई रहेको छ ।

