बालेनको विजयी समर्थनमा नुवाकोटमा पनि निस्कियो जुलुस



नुवाकोट,जेठ् १२ । बालेनको विजयी समर्थनमा नुवाकोटमा पनि जुलुस निस्किएको छ । काठमाडौँ महानगरपालिकाले प्रमुखमा बालेन्द्र शाह पाउदै गर्दाको विजयको खुशीयालीमा नुवाकोटका केही युवाले जुलुश पुदर्शन गरेका छन ।

नुवाकोटको विदुर नगरपालिकाको बट्टार क्याम्पसको गेटबाट जुलुश निकालेर सहर परिक्रमा गरी उनीहरूले बालेनपक्षमा समर्थन देखाएका हुन् ।

जुलुस नुवाकोटको बट्टार क्याम्पस गेटबाट सुरु भई पिपल्टार देबिघाट हुँदै इनारपाटी बट्टार हावाघर हुँदै बिदुर, त्रिशुली कोलनी हुँदै फर्केर बट्टारमा आएर महङ्गी र भस्ट्रचारबिरुद्ध नाराबाजीसहित समापन गरिएको श्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्