गुडिरहेको ग्याँस बुलेटमा भिषण आगो लाग्यो, मुग्लिन–नारायणगढ सडक अवरुद्ध
चितवन,जेठ १३ । नारायणगढबाट मुग्लिनतर्फ ग्यास बोकेर जाँदै गरेको बुलेटमा आगलागी भएको छ ।
नारायणगढ–मुग्लिन सडकखण्डको पन्ध्र किलोमा आगलागी भएको हो ।
घटनाबारे थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले बताए ।

