मेयर घोषणासंगै बालेन नुवाकोटमा
नुवाकोट,जेठ १३ । काठमाडौ महानगरपालिकाका प्रमुख बालेन शाह मेयर घोषणा भएकै दिन नुवाकोट पुगेका छन् ।
बालेन उपत्यकाको फोहर व्यवस्थापन सम्बन्धि जानकारी लिन नुवाकोट स्थित ओखरपौवाको डम्पिङ क्षेत्र पुगेको श्रोतले जनाएको छ ।
नगर प्रमुख शाहले पछिल्लो समय घोषणापत्रमा समेत उल्लेख गर्दै राजधानीमा चुनौतीका रुपमा रहेको फोहोर ब्यवस्थापन आफ्नो पहिलो लक्ष्य रहेको बताउदै आएका थिए ।
आजको यो दृश्य र बालेन धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) को स्टाइल एउटै देखिएको छ । जबकि दुवै जितसँगै फिल्डमा खटिएका छन् ।



तस्बिर: रामहरि न्यौपाने

