दुर्घटनामा परेकी भरतपुरकी मेयर दाहाल खतरामुक्त
काठमाण्डौँ,जेठ १३ । ललितपुरको जावलाखेलस्थित कुसुन्ती जाने सडकमा सवारी दुर्घटनामा परेकी रेणु दाहालको स्वास्थ्य अवस्था खतरामुक्त रहेको बताइएको छ ।
दाहाल चढेको गाडीको टायर पड्किएर भरतपुर महानगरपालिकाका प्रमुख दाहाल घाइते भएकी थिइन ।
उनी सवार गाडीको टायर पड्किँदा गाडी अनियन्त्रित भइ विजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले बताए ।

