आज आर्थिक सर्वेक्षण प्रतिनिधि सभामा पेश हुँदै, आइतवार बजेट पेश
काठमाडौं,जेठ १४। आर्थिक वर्ष २०७८/ ७९ को आर्थिक सर्वेक्षण प्रतिनिधि सभामा शनिवार पेश हुने भएको छ ।
बैठकमा शुक्रवारका लागि नै आर्थिक सर्वेक्षण पेश गर्ने कार्यसूची रहेपनि प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले) को अवरोधका कारण पेश हुन नपाएको हो ।
आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नुभन्दा अघि नै आर्थिक सर्वेक्षण पेश गर्नुपर्ने कानूनी व्यवस्था छ । अर्थमन्त्री जनार्दन शर्माले उक्त आर्थिक सर्वेक्षण पेश गर्ने कार्यक्रम रहेको छ । शनिवार हुने संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट पेश गर्ने छन्।
गणतन्त्र दिवसको दिन पारेर नै बजेट पेश गर्ने गरी संविधानमा नै व्यवस्था गरिएको छ ।

