भारतको लद्दाखमा भारतीय सेना चढेको बस दुर्घटना, १९ जना घाइते



एजेन्सी,जेठ १४ । भारतको लद्दाखमा बस दुर्घटना भएको छ । भारतीय सैनिक चढेको सो बस दुर्घटना हुँदा सात जनाको ज्यान गएको छ भने १९ जना घाइते भएका छन् ।

लद्दाखको परतापुर ट्रान्जिट क्याम्पबाट २६ जना सैनिक बाेकेर सब सेक्टर हनिफ गइरहेको बस श्योक नदीमा दुर्घटनामा परेकाे भारतीय सञ्चार माध्यमले जनाएका छन् । 

बस सडकबाट करिब ६० फिट तल पुगेको थियो । दुर्घटनामा परि घाइते भएकाहरुको पंचकुला जिल्लामा पर्ने चन्डीमन्दिरमा रहेकाे आर्मी कमान्ड अस्पतालमा उपचार भइरहेको आजतकले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्