कर्जाको जोखिम व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न



काठमाडौं,जेठ १५ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले कर्जा जोखिम व्यवस्थापन सम्बन्धी अन्तरक्रिया सम्पन्न गरेको छ । संस्थाले आफ्ना साझेदार ऋणी लघुवित्त संस्थाका कर्जा विभागमा कार्यरत कर्मचारीका लागि कर्जा व्यवस्थापन गोष्ठी तथा जोखिम व्यवस्थापन सम्बन्धी अन्तरक्रिया काठमाडौंमा सम्पन्न गरेको हो ।

अन्तरक्रिया कार्यक्रममा लघुवित्तको कर्जा लगानी तथा असुली कार्यमा अग्रपंक्तिमा रहेर काम गर्ने फिल्ड सहायकहरूको अनुभव आदानप्रदान गरिएको थियो । कर्जा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले जेठ ९ गतेदेखि आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न लघुवित्त वित्तीय संस्थाका ३८ जना फिल्ड सहायकहरूको सहभागिता थियो । त्यसैगरी लघुवित्त क्षेत्रमा हाल बढ्दो क्रममा रहेको कर्जाको जोखिमलाई न्यूनीकरण गर्न आवश्यक कानूनी तथा अन्य रणनीति पहिचान गराउने उद्देश्य उक्त कार्यक्रमको थियो ।

जेठ ११ गते सम्पन्न कार्यक्रममा विभिन्न लघुवित्त वित्तीय संस्थाका २५ जना कर्जा विभाग प्रमुखहरूको सहभागिता थियो । कर्जाको कानूनी जोखिम पक्षबारे सहभागीहरूसँग अन्तरक्रियाका लागि बैंकिङ कानूनविज्ञ विद्याकान्त अधिकारी र भोलानाथ ढुंगानाले कार्यक्रममा सहजीकरण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्