तारा एयरको विमान मुस्ताङको लेतेमा ठोक्किएकाे आशङ्का



काठमाडौं,जेठ १५ । पोखराबाट मुस्ताङको जोमसोम विमानस्थलका लागि उडेको तारा एयरको (९एन एइटी)  कल साइनको ट्विनअटर विमान मुस्ताङको लेते ठोक्किएको शंका गरिएको छ ।

६ विदेशी र १३ जना नेपाली सहित १९ जना लिएर उडेको जहाज लेतेमा ठोक्किएको आशङ्का गरिएकाे हो । 

आइतबार विहान ९ः५५ बजे उडेको जहाज  सम्पर्कविहीन भएको विमान मुस्ताङको लेतेमा ठोक्कीएको हुनसक्ने जानकारी प्राप्त भएको बताइएको छ । पोखरा विमानस्थलका अनुसार घोरेपानी भन्ने ठाउँसम्म पुग्दा सम्पर्क कायमै रहेको थियो त्यसपछि सम्पर्क विहिन बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्